काठमाडौँ । जोमसोम – कोरला सडकखण्डको वारागुङ(मुक्तिक्षेत्र छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन टोली परिचालन गरेको छ। मुस्ताङ  जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।