दमौली (तनहुँ)। तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीस्थित भित्री सडकखण्डमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गएराति मृत्यु भएको हो । बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खस्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि रत्नहरि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ADVERTISEMENT