काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कृषि मल व्यवस्थापन तथा उत्पादनवृद्धि सम्बन्धी विषयमा सिंहदरबारमा आयोजित उच्चस्तरीय छलफलपछि सम्बद्ध मन्त्रालय र निकायहरूलाई तीन दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् ।

कृषि तथा उद्योग मन्त्रीसहितका सम्बन्धित उच्च अधिकारीहरूसँग मंगलबार भएको गहन छलफलपछि प्रधानमन्त्रीले तीन बुँदे निर्देशन जारी गरेका हुन् । निर्देशनअनुसार, मल आपूर्ति, कम्पोस्ट र अर्ग्यानिक मल प्रवर्द्धन तथा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको छ।

ADVERTISEMENT

यस्ता छन् प्रधानमन्त्रीको निर्देशन

ADVERTISEMENT

१. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुस् ।

२. कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।

३. माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।