काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीच शीतल निवासमा भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

तुर्कमेनिस्तानको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओलीले शुक्रबार राति स्वदेश फर्केका थिए । संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्केका ओलीले राष्ट्रपति पौडेललाई भ्रमणबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पौडेल र ओलीबीच संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा कुराकानीसमेत भएको थियो । राष्ट्रपतिले विधेयक संसदमै फिर्ता पठाएपछि प्रधानमन्त्री ओलीका साथै एमाले सन्तुष्ट छैन ।