काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि बुधबारका लागि प्रतिनिधिसभामा तय भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम रोकिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था बैठकमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ‘स्वास्थ्यका कारण प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका हुन् ।

ADVERTISEMENT

एमाले मुख्य सचेतक बर्तौलाले आजै बिहान प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको जानकारी दिएका थिए ।