काठमाडौँ । साउन सकिन लाग्दा मधेश प्रदेशमा सवै भन्दा कम ७६ प्रतिशत धान रोपाइ भएको छ ।

बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार आइतबार सम्म मुुलुकभर ९१ प्रतिशत धान रोपाइ हुुँदा मधेश प्रदेशमा ७६.५४ प्रतिशत रोपाइ भएको हो । गत वर्ष यतिबेला मधेश प्रदेशमा ९७ प्रतिशत खेतमा रोपाइ भएको थियो । खडेरीको कारण लामो समय सम्म वर्षा नहुुँदा मधेश प्रदेशमा धान रोपाइ कम भएको हो ।

मधेश प्रदेशमा तिन ७२ हजार ६४५ हेक्टर धान रोपाइ हुने क्षेत्रफल रहेकोमा हाल सम्म दुुई लाख ८५ हजार २३४ हेक्टर क्षेत्रफलमा रोपाइ भएको तथ्याङ्क छ । एक साता अघि देखि निरन्तर वर्षा भएसँगै मधेश प्रदेशमा धमाधान धान रोपाइ भइरहेको बताइएको छ ।

ADVERTISEMENT

यस्तै कोशी प्रदेशमा ९४.४२ प्रतिशत दुुई लाख ६० हजार ९६४ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । यस्तै बागमति प्रदेशमा ९३.५६ प्रतिशत एक लाख ८ हजार हेक्टरमा रोपाइ भएको छ ।

ADVERTISEMENT

गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत ८७ हजार ३७५ हेक्टर, लुुम्बिनी प्रदेशमा ९८ प्रतिशत २ लाख ९७ हजार हेक्टरमा रोपाइ भएको छ । यस्तै कर्णाली प्रदेशमा ९८.४ प्रतिशत ४० हजार ३८३ हेक्टर र सुुदुुरपश्चिमा ९९.७२ प्रतिशत एक लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइ सकिएको छ ।

ADVERTISEMENT

मुलुकभर १३ लाख ७८ हजार ९६६ हेक्टरमा धान रोपाइ गर्ने अनुमान गरिएकोमा साउन २५ सम्म १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपाइ भएको छ । गत वर्ष सो अवधिमा मुलुकभर ९८.१९ प्रतिशत धान रोपाइ भएको थियो । यो वर्ष रोपाइ कम हुुँदा धान उत्पादनमा समेत कमी आउने बताइएको छ ।