काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग बिहीबार एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुन्ले शिष्टाचार भेट गरेका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो । पाँच दिने भ्रमणका लागि तुर्कमेनिस्तान भ्रमणमा रहेका ओली बिहीबार राति स्वदेश फर्किंदैछन् ।
आवाजा सहरमा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकम विकासित देशहरूको सत्रको अध्यक्षता गरेका थिए । उनले आवाजामा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग साइडलाइन भेटवार्ता गरेका छन् ।







