तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ ।

बुधबार आवाजा सहरमा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा दुईजनाबीच भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए ।

यसअघि सम्मेलनको साइड इभेन्टका रुपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिएका थिए ।