काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली ५ देखि ८ अगस्टमा तुर्कमेनिस्तानमा आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका छन् । प्रधानमन्त्री ओली पाँच दिन विदेशमा रहनेछन् ।