काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सहकारीबाट ठगिएका बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गराउनका लागि प्रभावकारी ढङ्गले लाग्ने बताएका छन ।

मङ्गलबार पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले सहकारीपीडितको रकम फिर्ता गर्न लाग्ने बताएका हुन ।

ADVERTISEMENT

उद्योगी  व्यवसायीहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको  सभापति देउवाले  उद्योग व्यापार गर्ने उद्योगपति नै भएकाले केहि समस्या भए समाधान गर्न आफूहरू तयार रहेको धारणा राख्नुभयो ।

सभापति देउवाले उद्योगी व्यवसायीहरूले आफै पनि काम र मेहनत गर्नुपर्ने भन्दै सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न नपाइने जिकिर गरे । सभापति देउवाले कांग्रेस र एमालेबिच सरकार गठनका समयमा भएको सात बुँदे सहमतिको उद्देश्य नेपालको अर्थतन्त्र चलायमान गराउनु पनि रहेको बताए । गत वर्षको तुलनामा वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएको उनको भनाइ छ ।

ADVERTISEMENT