काठमाडौँ गत आर्थिक वर्षमा निरन्तर मूल्य बढ्दा सुनको आयात पचास प्रतिशतले घटेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपियाँ बराबरको एक हजार ३८९ केजी सुन आयात भएको छ । अघिल्लो आव २०८०÷८१मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपियाँको दुुई हजार २५१ केजी सुन आयात भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा आन्तरिक बजारमा खपत घटेकाले आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । गत आवमा सुनको आयात घट्दा राजस्व संकलनमा समेत आधाले घटेर एक अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपियाँ संकलन भएको छ । अघिल्लो आवमा सुन आयातबाट तिन अर्ब ६४ करोड ८३ लाख ७ हजार रुपियाँ राजस्व संकलन भएको थियो ।
एक वर्षमाको अवधिमा अन्तराष्ट्रिय बजारमा निरन्तर सुनको मूूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । महासंघका पुर्व अध्यक्ष एंव सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्य बढ्दा बजारमा सुनको माग कम भई खपत घट्दा आयातमा समेत कमी आएको जानकारी दिनुुभयो ।
सामान्य अवस्थामा वार्षिक सात हजार पाँच सय केजी सुुन आयात हुने गरेको र त्यसबाट नौ अर्ब रुपियाँ राजस्व संकलन हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुुभयो‘‘ अन्तराष्ट्रिष्य बजार अस्थिर भई निरन्तर सुनको मूल्य बढेको बढ्यै छ, उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनको माग बढ्न सकेको छैन ।’’
गत आवको बजेटमार्फत सुनको भन्सार महशुुल बढाएर २० प्रतिशत पुुगेको थियो । व्यवसायीको विरोधपछि गत कात्तिकमा आएर भन्सार महशुुल घटाएर २० प्रतिशतबाट प्रतिशतमा झरेको थियो । त्यसको प्रभावले गर्दा पनि सुनको आयातमा कमी भएको शाक्यको भनाई छ । सरकाले चालुु आर्थिक वर्षको बजेटमार्फत सुनको कारोबारमा दुुई प्रतिशत विलासिता कर र हिरा जडित गहनामा १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट)को व्यवस्था गरेको छ । यसको असरले गर्दा पनि सुनको आयातमा कमी भएको व्यवसायीको भनाई छ ।
विलासिता कर र भ्याट फिर्ता गर्नुुपर्ने माग सहित व्यवसनयी विरोधमा उत्रेपछि सरकारले करको विषयमा अध्ययन गर्न कार्यदल गरेको थियो । कार्यदलले अन्तिम प्रतिवेदन पेश नगरेकाले पनि कर र भ्याट यथावत रहेको व्यवसायीको भनाई छ ।
सुनमा लगाएको बिलासिता करले सुनको मूूल्य थप महङ्गो हुुँदा कारोबार न्यून भएको भएको व्यवसायीको भनाई छ । मुुख्य मुख्य बजारमा सुुन पसलमा सामान्य कारोबार भएपनि अन्य पसल भने सुनसान अवस्थामा रहेका छन् ।
महासंघका अनुसार एक वर्षको अवधिमा बजारमा सुनको मूूल्य तोलामा ४९ हजार रुपियाँले बढेको छ । गत आवको साउन दोस्रो साता एक लाख ४४ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य अहिले बढेर एक लाख ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको छ ।
गत आवमा सुनको मूूल्य बढेर एक लाख ९७ हजार नौ सय रुपियाँ पुुगेको थियो । बीचमा घटेर एक लाख ८८ हजार रुपियाँ सम्म झरेको सुनको मूूल्य फेरी बढ्दै गएको छ । सुनको मूूल्य बढ्दा त्यसको असर उपभोक्तालाई पर्ने गर्छ । साथै कारोबार नहुुँदा व्यवसायीलाई समेत असर पर्ने गर्छ ।






