काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भए पनि मधेश प्रदेशका आठ जिल्लामा अपेक्षित वर्षा हुन सकेको छैन । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।

धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नुपर्ने यहाँका किसानहरूले पानीको अभावका कारण साउनको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन् ।

ADVERTISEMENT

सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साउन ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

ADVERTISEMENT

मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ ।

हरेक वर्ष मलखादको अभाव झेल्नुपरेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नुपरेको छ । लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडा धनुषाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो समयसम्म धान रोपाई सक्किसक्ने गरेकोमा यो पाली वर्षा भएन, नहरमा पानी आउँदैन त्यस कारण धानको बीउ पनि सुकी सक्यो, पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्ने उनले बताए ।

ADVERTISEMENT

स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि खाँदै ध्यान नदिएको उनको गुनासो छ ।सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको सुकेको पम्प देखाउँदै भने यो पम्प सुक्यो पानी परेको छैन त्यसैले खेती समयमै गर्न पाइएन । सो क्षेत्रमा सिंचाईका लागि कमला सिंचाई आयोजना रहेपनि त्यो त्यति प्रभावकारी भने देखिएको छैन ।

सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ ९नहरमार्फत० सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहेपनि अहिले यो आयोजनाका अधिकांस पम्प सञ्चालनमा छैनन् । लोहारपट्टी नगरपालिका महोत्तरीका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै मल पनि नपाउने, पम्पसेट पनि वितरण नगरिएको उनको गुनासो छ ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी