काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपियाँ ९६ पैसा र बिक्रीदर १३८ रूपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रूपियाँ ०८ पैसा र बिक्रीदर १६२ रूपियाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपियाँ ८१ पैसा र बिक्रीदर १८७ रूपियाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपियाँ ६२ पैसा र बिक्रीदर १७४ रूपियाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ २१ पैसा र बिक्रीदर ९१ रूपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ ३३ पैसा र बिक्रीदर १०१ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ र बिक्रीदर १०८ रूपियाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपियाँ ४१ पैसा र बिक्रीदर नौ रूपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २८ पैसा र बिक्रीदर १९ रूपियाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ७७ पैसा र बिक्रीदर ३६ रूपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ८५ पैसा र बिक्रीदर ३८ रूपियाँ ०१ पैसा कायम भएको छ ।








