काठमाडौँं । एन आई सी एशिया क्यापिटल र जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
एन आई सी एशिया क्यापिटलले सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि  जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, धनुषामा कारोवार कार्यालय रहेको जानकी केवल इण्डस्ट्री लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून अधिनमा रही सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र जानकी केवल इण्डस्ट्री लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

हाल जानकी केवल इण्डस्ट्रीले कन्डक्टर, हाउस वायर,  केवल, अटो केवल, फ्लेक्सिबल वायरहरू, पावर केवल, इलेक्ट्रोनिक केवलहरू उत्पादन गरी सहज र सरल रुपमा आम उपभोक्त माझँ उपलब्ध गराउँदै आइरहेको छ ।

ADVERTISEMENT

एन आई सी एशिया क्यापिटलले सेवा अन्तर्गत प्रा.लि लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीज्यूलाई सम्पर्क गर्न सकिने छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT