काठमाडौँ । मुलुकमा रोजगारीका अवसर नपाएपछि एक वर्षमा आठ लाख ३३ हजार युुवा विदेशिएका छन् ।आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजागरीमा जाने नेपालीको संख्या आठ लाख ३३ हजार नाघेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आवमा ८ लाख ३३ हजार ३४७ नेपालीले विदेश जानका लागि श्रमस्वीकृति दिएका हुन । आव २०८०÷८१ मा ७ लाख ४१ हजार २०७ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृत लिएका थिए ।अघिल्लो अवाको तुुलनामा गत आवमा विदेश जानेको संख्या १२.४३ प्रतिशत बढी हो ।
विदेश जान श्रमस्वीकृति लिएका मध्ये औषत ६० प्रतिशत नयाँ कामदार हुने गरेको छन भने ३६ प्रतिशत विदामा आएर पुनः श्रमस्र्वीकृति लिने गरेको संख्या रहको छ ।मुलुकमा रोजगारी नपाएपछि ठुुलो संख्यामा युुवा विदेश गएको तथ्याङ्कले देखाउँछ ।







