काठमाडौं । सत्तारुढ एमाले केन्द्रीय सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीसहित पार्टीका पदाधिकारी सहभागी छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनपछि एमालेको आन्तरिक राजनीतिमा तरंगित छ। पार्टी अध्यक्ष केपी ओलीको एकछत्र दबदबा कायम रहेका बेला पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेलगत्तै धेरै नेताहरू उनको पक्षमा खुलेका छन्।

ADVERTISEMENT

भण्डारीको पक्षमा खुलेका नेताहरू पार्टी अध्यक्ष ओलीविरुद्ध पनि खुलेर बोल्न थालेका छन्। त्यहीबिचमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सचिवालयकै सदस्य नेताहरूसमेत ओलीविरुद्ध छन्। जसले एमालेभित्रको आन्तरिक राजनीतिकलाई निकै गम्भीर अवस्थामा पु¥याएको नेताहरूले बताउने गरेका छन्।

बिहीबार सुरु भएको सचिवालय बैठकका तस्बिरमा समेत त्यसको झल्को देखिन्छ। प्रधाानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेका तस्बिरमा नेताहरूको अनुहार मलिन देखिन्छ । कुनै नेताको मुहारमा पनि चमक देखिन्न।

ADVERTISEMENT

प्रधानमन्त्री ओलीदेखि वरिष्ठ उपाध्यक्ष पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहित सबै नेताको अनुहारको हाँसो गायब भएको छ । पार्टीबाट मन्त्री बनेकाहरू एकपछि अर्को घुसकाण्डमा मुछिएपछि एमाले नेताहरुको हाँसो गायब भएको हो ।

आजको बैठकले पार्टी विधानबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने र भण्डारीलाई जिम्मेवारी दिनेबारे छलफल हुने बुझिएको छ । भण्डारीले एमालेको सदस्यता नवीकरण गरिसकेकी छन् । उनले आफूलाई पार्टीले जिम्मेवारी दिने अपेक्षा गरेकी छन् ।