काठमाडौँ । मुुलुकभर धान रोपाई ४१.९ प्रतिशत अर्थात पाँच लाख ८० हजार हेक्टर क्षेत्रफलमा सम्पन्न भएको छ ।
आइतबार सम्म पाँच लाख ८० हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको बाली विकास निर्देशनालयले जनाएको छ ।
गत वर्ष सो अवधिमा भने ४३.५ प्रतिशत धान रोपाइ सम्पन्न भएको थियो । सवै भन्दा धेरै सुुदुुरपश्चिम प्रदेशमा ८२.८ प्रतिशत अर्थात एक लाख ४५ हजार ९३२ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । यस्तै कर्णाली प्रदेशमा ७१.७ प्रतिशत २९ हजार २२९ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ ।
लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत एक लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । यस्तै गण्डकी प्रदेशमा ५५.६ प्रतिशत ५२ हजार ३५३ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको निर्देशनालयले जनाएको छ ।
बामति प्रदेशमा ५१.९ प्रतिशत अर्थात ६२ हजार ५६१ हेक्टर क्षेत्रफलमा, कोशी प्रदेशमा २९.५ प्रतिशत अर्थात ८१ हजार ६३५ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ । सवै भन्दा कम मधेश प्रदेशमा १३.६ प्रतिशत अर्था ५१ हजार २५० हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ ।
तराईमा ढिला धान रोपाइ हुने भएकाले पनि मधेश प्रदेशमा कम रोपाइ भएको हो । मुुलुकभर १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने अनुुमान गरिएको छ ।






