काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ०.१४ अंकले घटेको २६८३ बिन्दुमा झरेको छ ।

मंगलबार १३३ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । ३०४ कम्पनीको मूल्य बढ्दा एक करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४१ करोड, गार्डियन माइक्रो लाइफको ४१ करोड, लाइफ सनराइज बैंकको २४ करोड र राधी विद्युत कम्पनीको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।