काठमाडौं । सिप्रदी ट्रेडिङले बिहीवार (आज) देखि असार २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गरेको छ । सिप्रदी टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक कम्पनी हो ।
यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो इभी, पन्च इभी, नेक्सन के ३ इभी, र कभ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने छ ।
कम्पनीका अनुसार कार्यक्रमअन्तर्गत ग्राहकहरुलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
सो अवसरमा ग्राहकहरुले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ ।






