काठमाडौँ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभीलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘जोयफुल विक’ अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्टमै टियागो ईभी घर लैजान सक्ने जनाएको छ। यो योजना सेप्टेम्बर १९ देखि २६ गतेसम्म लागू हुनेछ।
अफरअन्तर्गत पुरानो गाडी एक्सचेन्ज गरी नयाँ टियागो ईभीमा अपग्रेड गर्न चाहने ग्राहकलाई विशेष सुविधा दिइने कम्पनीले जनाएको छ। पुरानो गाडीको एक्सचेन्ज भ्यालुएसन, नयाँ टियागो ईभी बुकिङमा उपहार, निःशुल्क एसेसरिज, वार्षिक सवारी कर तथा होम चार्जर इन्स्टलेसनको सुविधा उपलब्ध गराइने जनाइएको छ।
कम्पनीका अनुसार पुरानो गाडी बिक्री गरेर नयाँ ईभीतर्फ जान चाहने ग्राहकले एक्सचेन्जदेखि चार्जिङसम्मका केही खर्चमा राहत पाउनेछन्। यसले ग्राहकलाई नयाँ विद्युतीय गाडी खरिद थप सहज बनाउने कम्पनीको भनाइ छ।
टाटा टियागो ईभी खरिद गर्ने वा पुरानो गाडी एक्सचेन्ज गर्ने सोचमा रहेका ग्राहकलाई नजिकको आधिकारिक टाटा शोरुममा पुगेर अफर, मूल्य तथा फाइनान्सिङका सर्तबारे जानकारी लिन कम्पनीले आग्रह गरेको छ।






