काठमाडौं । संवैधानिक अदालतले थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै मंगलवार निलम्बन गरेको हो।

‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

ADVERTISEMENT

मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्षले हावी भएको छ। सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन्।

३८ वर्षीया पेटोङटार्नलाई उनको बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ। पेटोङटार्नले एक वर्षअघि सत्ता सम्हालेकी थिइन् । तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरिन् कि गरिनन् भन्ने हेर्ने भएको छ ।

ADVERTISEMENT

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो। लिक भएको रेकर्डिङअनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरेकी थिइ्न् । उनले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई आफ्नो शत्रु भनेर उल्लेख गरेपछि व्यापक आक्रोश निम्त्याएको हो।