काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित सनवे कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि तीन दिने ‘एआई फर स्टाटर्स’ कार्यशाला आयोजना गर्दै आएको छ ।
कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आफ्नो खाली समयको सदुपयोग गर्दै भविष्यको सबैभन्दा महत्त्वपूर्ण प्रविधि एआईमा सीप विकास गर्न सकून् भनेर निःशुल्क कार्यशाला सञ्चालन गर्ने घोषणा गरेको छ।
यो कार्यशाला एआईको क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको कलेजले जनाएको छ । यसले विद्यार्थीहरूलाई एआईको आधारभूत ज्ञानदेखि लिएर हाल चर्चामा रहेका जेनेरेटिभ एआई र प्रम्प्ट इन्जिनियरिङजस्ता नवीनतम विषयहरूसम्मको जानकारी दिनेछ।
कार्यशालामा पहिलो दिन आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ र कम्प्युटर भिजनका आधारभूत अवधारणा, दोस्रो दिन इन्टरनेट अफ थिङ्स र रोबोटिक्सको परिचय तथा तेस्रो दिन जेनेरेटिभ एआई, प्रम्प्ट इन्जिनियरिङ, लार्ज ल्यांग्वेज मोडेल र नेचुरल ल्यांग्वेज प्रोसेसिङ सिकाइनेछ ।
विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेर कलेजले साउन ३०, भदौ ५, भदौ २६, र असोज १ गतेबाट नयाँ कक्षाहरू सुरु गर्ने भएको छ । कार्यशाला सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ। इच्छुक विद्यार्थीहरूलाई समयमै आफ्नो स्थान सुरक्षित गर्न कलेजले आग्रह गरेको छ। यो अवसरले १२ कक्षापछिको खाली समयमा विद्यार्थीहरूलाई नयाँ सीप सिक्न र आफ्नो करिअरलाई नयाँ दिशा दिन मद्दत पुग्ने कलेजले विश्वास गरेको छ।






