काठमाडौँं । आगामी शनिवार सनवे इनोभेसन फेस्ट आयोजना हुने भएको छ ।

नवप्रवर्तन एकीकृत प्रेरणादायी भन्ने नाराका साथ सनवे इनोभेसन फेस्ट आयोजना हुने भएको छ । सनवे इनोभेसन फेस्ट  सनवे कलेज मैतिदेवीमा हुने छ ।

ADVERTISEMENT

सनवे कलेजले आफना बीएससी कम्प्युुटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका प्रथम वर्षका विद्यार्थीहरुका सो कार्यक्रम घोषणा गरेको हो ।
नवप्रवर्तन एकीकृत प्रेरणादायी भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले विद्यार्थीहरुका विश्वका चुुनौतिलाई सम्बोधन गर्न विकास गरेका नवीनतम परियोजनाहरु प्रर्दशन गर्ने छ । बिहान १० बजेदेखि दिउसो एक बजेसम्म रहने कार्यक्रममा एआईबारे जान्न उत्सुुक सवै विद्यार्थीको लागि कार्यक्रम खुुला रहेको स्कुुलले जनाएको छ ।

ADVERTISEMENT

विद्यार्थीले आविष्कारकहरुसँग प्रत्यक्ष कुुराकानी गर्ने, उनीहरुका परियोजनाहरुको प्रत्यक्ष प्रर्दशन हेर्ने र एआई कसरी व्यवहारिक र प्रभावकारी प्रयोग गरिएको छ भन्ने कुुरा प्रत्यक्ष अनुुभव गर्ने अवसर प्राप्त हुने छ ।

कार्यक्रममा स्वास्थ्य र कल्याण एआई, स्मार्ट जीवन र दिगोपन,शिक्षा र सिकाइ प्रविधि, वित्तीय र व्यापार नवप्रवर्तन, मानवस्रोत र करियर विकास, कृषि प्रविधि, सार्वजनिक सेवा र सूचना, कानूनी र साइबर सुरक्षा एआई, खेलकुद प्रविधि, भाषा र उन्नत एआई अनुसन्धान लगायतका परियोजना समावेश गरिने कलेजले जनाएको छ ।