काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सोमबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
हकप्रद सयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। यसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद सेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।












