काठमाडौैं । नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ६ विकेट लिएपछि इन्डोनेसियालाई नेपालले ३७० रनले पराजित गरेको छ । शर्माले ७.३ ओभरमा दुई मेडनसहित १२ रन खर्चेर ६ विकेट लिएका हुन्।

नेपाली बलरले घातक बलिङ गरेपछि इन्डोनेसिया ५० रनमै अलआउट भएको छ । तेस्रो जितसँगै नेपाल इस्ट जोन कप यु–१६ क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ADVERTISEMENT

कोलालाम्पुरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रन बनाएको थियो । नेपालले दिएको ४२१ रनको विजयी लक्ष्य पछ्याएको इन्डोनेसिया २४।३ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो।

ADVERTISEMENT

इन्डोनेसियाका लागि ओपनर ब्याटर काभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाए। दिभित नन्दाले १४ रन बनाउँदा अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। २४ ओभर सकिँदा इन्डोनेसियाले ८ विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो। त्यसपछि २५ औँ ओभरमा कप्तान विपिन शर्माले लगातार दुई विकेट लिँदै इन्डोनेसियालाई ५० रनमा प्याक गरेका हुन्। सुगम बुढाथोकी र शुभम खनालले समान १–१ विकेट लिए।