काठमाडौं । ईपीएसमार्फत कोरिया जाने कामदारको रि–रजिस्ट्रेसन अब अनलाइनबाट मात्र हुने भएको छ।

यसअघि श्रमिक आफैं शाखामा उपस्थित भई दर्ता गराउँदै आइरहेकोमा मंगलबारदेखि वेबसाइटबाट दर्ता गर्ने व्यवस्था गरिएको इपिएस कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

ईपिएस कोरियन शाखाका अनुसार रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गर्न चाहने श्रमिकहरूको एक वर्षसम्ममा पनि छनौट नभई पुनः योग्य सूचीमा बस्नका लागि स्वास्थ्य परीक्षण गरी रोजगार आवेदन फाराम भर्ने व्यवस्था छ। यस्ता हजारौं नेपाली कोरिया जान पर्खिएर बसेका छन् ।