काठमाडौँ । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरलाई नेपालले ६ विकेटको पराजित गरेको छ । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि प्रसिद्ध जैसीले नटआउट सर्वाधिक ५५ रन बनाए । त्यस्तै रौनक श्रीवास्तवले सर्वाधिक ४० रन बनाए । सुभम खनाल अविजित रहँदै ९ रन बनाए । नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए । सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिए । त्यस्तै युवान पाण्डेले १ विकेट लिए ।

ADVERTISEMENT

यसअघि मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६।१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । सिंगापुरलाई सस्तैमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।

ADVERTISEMENT

एसिसीको वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन् ।