काठमाडौं । स्वस्तिक लघुवित्तले साधारण सेयर (आ्ईपीओ) निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले असार ५ गते स्वस्तिकलाई दुई करोड ३१ लाख रुपैयाँ बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।
माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ ।
जसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघु बीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् ।





