काठमाडौं । भारतमा आइतबार अर्को हवाई दुर्घटना भएको छ । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आइतबार बिहान हेलिकप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ।

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार सातजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देहरादुनबाट केदारनाथ मन्दिर जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। एयर एसिया हवाईजहाज दुर्घटनामा झन्डै तीन सयको मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार यस्ताे घटना भएकाे हाे ।

ADVERTISEMENT

‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दुःखद खबर प्राप्त भएको छ,’ उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन् ।
उनका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।

ADVERTISEMENT

भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दनसिंह राजवारले नेपाली मूलका महिलाहरूले दुर्घटनाबारे रिपोर्ट गरेको बताए। गौरीकुण्डमाथि घाँस काटिरहेका स्थानीय महिलाले दुर्घटना देखेपछि तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए।