काठमाडौं । चलचित्र विकास बोर्डले कलाकार स्व. घनश्याम गौतमको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसी नेतृत्वको टोलीले बिहीबार गौतमको परिवारलाई भेटेर आर्थिक सहयोग गरेको हो । चलचित्रकर्मी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग प्रदान गरेको बोर्डले जनाएको छ ।
यसअघि गौतमको उपचारका लागि पनि बोर्डले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। सहयोग क्रियापुत्री भवनमा बोर्ड अध्यक्ष दिनेश डिसी, कल्याकारीकोष अध्यक्ष बसुन्धरा भुसाल,सदस्यहरू चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, कलाकार रवीन्द्र खड्कालगायत चलचित्रकर्मिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
गाैतमलाई नक्कली प्रचण्ड भनेर चिनिन्थ्याे । उनले हरेक कार्यक्रममा प्रचण्डकाे क्यारिकेचर गर्थे ।












