काठमाडौं । विपक्षी दलहरू सदनको अवरोध खुलाउन लचक भएका छन् । संसद् भवनमा मंगलबार बसेको सभामुख र प्रमुख सचेतकहरूको बैठक गृहमन्त्री रमेश लेखकका विषयमा नरम देखिएका हुन् ।

माओवादी, रास्वपा, एकीकृत समाजवादीका प्रमुख सचेतकहरू गृहमन्त्री लेखकलाई बोल्न दिन तयार भएका छन् । विपक्षी दलहरूको बैठकले सदन खुलाउन तीनबुँदे सर्त अघि सारेको थियो । जसमा २०६४ यताका सबै गृहमन्त्रीहरूमाथि भिजिट भिसामा छानबिन गर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले सदनमा प्रतिबद्धता जनाउनुपर्ने उल्लेख थियो ।

ADVERTISEMENT

यसअघि गृहमन्त्री लेखकलाई बोल्न दिन तयार नभएका विपक्षीहरू मंगलबार विभिन्न चरणमा छलफल गर्दै बोल्न दिन तयार भएका हुन् । प्रधानमन्त्री केपी ओलीले मंगलबारसम्म सहमति नभए पेलेरै संसद् चलाउने संकेत गरेपछि विपक्षी दलहरू लचक बनेका हुन् ।

गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमतिका साथ प्रमुख सचेतकहरू उठेको स्रोतले बतायो। अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले निरन्तर सदन अवरोध गर्दै आएका थिए। उनीहरू छानबिन समिति बन्ने ग्यारेन्टी भए सदन खुलाउन तयार भएको र सदनमा बोलिसकेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।

ADVERTISEMENT