काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा उनका जापानी समकक्षी इवाया ताकेसीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो टोकियोमा दुवै नेताबीच करिब ३० मिनेटसम्म भेटवार्ता भएको छ ।

जापानी मन्त्री ताकेसीले परराष्ट्रमन्त्री राणालाई स्वागत गर्दै जापान र नेपालबीचको परम्परागत मित्रतामा आधारित द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताए । उनले अप्रिल २२ मा भारतको कश्मीरमा भएको आतंकवादी आक्रमणमा एक नेपालीको ज्यान गएकोमा समवेदनासमेत व्यक्त गरे।

परराष्ट्रमन्त्री राणाले नेपाललाई जापानले गरिरहेको लामो समयदेखिको आर्थिक सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्। जवाफमा मन्त्री ताकेसीले प्राकृतिक प्रकोपका उपाय सहित नेपालका समस्या समाधान गर्न जापानको सहयोग जारी रहने बताए।

ADVERTISEMENT

सन् २०२६ मा जापान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव हुने भएकाले दुवै मन्त्रीले दुई देशबीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्न सहकार्य गर्ने सहमति जनाएका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT