काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान भ्रमणमा गएकी छन् । उनी सोमबार राति नै १२ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३१० बाट थाइल्यान्डको बैंकक प्रस्थान गरेकी हुन् । राणा त्यतैबाट टोकियो जाने भएकी हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पेचिलो बनेर मन्त्रिपरिषद् बैठकसमेत स्थगित भएका बेला राणाको जापान भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । टोकियोमा बुधबारदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन जापान प्रस्थान गरेकी हुन् ।

ADVERTISEMENT

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको सचिवालयले जानकारी दिएको छ ।