काठमाडौं । आगामी साउन १ गतेदेखि जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमाका बिमितले उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले बिहीबार सूचना जारी गर्दै प्रथम सेवा विन्दुबाट सेवा लिने विगतको प्रावधानमा हेरफेर गरेको जनाएको छ ।

स्वास्थ्य बिमा लिँदा प्रथम विन्दुको स्वास्थ्य संस्थामा मात्र उपचार सेवा पाइने हुँदा बिमितलाई निकै समस्या परेको गुनासो आएपछि हेरफेर गर्दै अब जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट उपचार पाउन सकिने भएको छ ।

ADVERTISEMENT

‘बीमितद्वारा बीमा गर्दाको समयमा नै छनौट गर्नुपर्ने प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने व्यवस्थाले बीमितलाई नेपालभित्र कुनै पनि स्थानमा रहँदा बस्दा प्रथम सेवा विन्दुमा पुगी सेवा लिनुपर्ने प्रावधानबाट सेवा प्राप्त गर्न समस्या भई बीमितबाट निरन्तर गुनासो आएकोले सहज र सरल रुपमा बीमा सुबिधा बीमितलाई पुऱ्याउन साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

ADVERTISEMENT

अर्थात् कसैले पाटन अस्पतालमा उपचार गराइरहेको छ भने अब काठमाडौंमा तोकिएका सरकारी अस्पतालमा बिमितले उपचार सेवा पाउने छन् ।