काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा स्थायी रुपमा बस्ने ईन्जिनियर्सद्धारा जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको बुढानिलकण्ठ वडां नं. १० स्थित कपन प्रहरी प्रभागलाई अत्यावश्यक सामग्री प्रदान गरेको छ ।
नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक एवं ईजिनियर उमेश थानीको नेतृत्वमा संकलन गरिएको सहयोग  मंगलबार प्रहरी प्रभागलाई  हस्तारन्तरण गरिएको हो ।
आन्दोलनमा पुर्ण क्षतिग्रस्त बनेको प्रहरी प्रभागलाई सहयोग होस भनेर ईन्जिनियरहरुले व्यक्तिगत रुपमा रकम उठाएर सहयोग गरिएको थानीले जानकारी दिए ।

ADVERTISEMENT

अहिलेको विषम परिस्थितिको बेला सवै मिलेर सहयोग गर्नुपर्छ भन्ने उदेश्यले तत्काल प्रहरीलाई आवश्यक पर्ने सामान वितरण गरिएको थानीले जानकारी दिए । जेनजी आन्दोलनको क्रममा सवै भन्दा धेरै क्षति सुरक्षा निकायमा भएको छ ।