काठमाडौं । बुधबार र बिहीबार सेयर बजार बन्द हुने भएको छ ।
हाल देशको विषम परिस्थितिका कारण कारोबार संचालन गर्न सक्ने अवस्था नरहेको र कारोबार सदस्य तथा लगानीकर्ताहरुले पनि कारोबार स्थगन गर्न अनुरोध गरेका कारण बुधबार र बिहीबार दुई दिन सेयर बजार बन्द हुने भएको हो ।
नेपाल सटक एकसचेञ्ज नेप्सेले एक सूचना प्रकाशित गर्दै भदौ २५ र २६ गते लागि सम्पूर्ण धितोपत्रको कारोबार स्थगन भएको जनाएको छ ।
मंगलबार पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि सेयर बजार बन्द भएको थियो ।








