काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  तेस्रो सकारात्मक सर्किट लागेपछि साेमबारका लागि काराेबार बन्द भएकाे छ । नेप्सेको ‘सर्किट ब्रेकर’ नियमअनुसार ६ प्रतिशतको वृद्धि भएमा उक्त दिनको बाँकी समयका लागि कारोबार बन्द हुने व्यवस्था छ।

आज बिहान ११ बजे खुलेको बजारमा लगातारको खरिद चापका कारण १२ बजेर १ मिनेट जाँदा परिसूचक ६ प्रतिशतले बढेर २,८७५.४३ को विन्दुमा पुगेपछि आजको कारोबार स्थगन भएको हो।

ADVERTISEMENT

सोमबार बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो ।

नेप्से परिसूचक १३५ अंक अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ । दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ ।

ADVERTISEMENT

हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था छ ।