काठमाडौं, रातोपुल — कांग्रेसका महामन्त्री गगन थापाको घरमा राति तोडफोड भएको र घरमै राखिएका केही सवारी साधनमा आगजनी भएको घटना घटेको छ। जेन जी  समूहले गगन थापाको घरमा प्रवेश गरी ढुंगा प्रहार गरेका र गाडीमा आगो लगाएका हुन्।

घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ र परिस्थितिलाई नियन्त्रणमा लिन प्रयास भइरहेको छ। हालसम्म यस घटनामा कुनै पनि व्यक्ति घाइते भएको खबर प्राप्त भएको छैन।

सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रमा अतिरिक्त सुरक्षाका उपायहरू लागू गरेका छन्।