जेन जी आन्दोलनको क्रममा भएको भीषण झडपमा मृत्यु हुनेहरूको सङ्ख्या १९ पुगेको छ। मृत्यु भएकामध्ये धेरैलाई मुटुमै गोली लागेको चिकित्सकहरूले बताएका छन्।
उपचारका लागि अस्पताल पुर्याइएका घाइतेहरूमा पनि अधिकांशलाई संवेदनशील भागमा गोली लागेको पाइएको छ। चिकित्सकहरूको भनाइ अनुसार, गोली प्रहार निशाना बनाएर चलाइएको हुनसक्ने प्रबल आशंका गरिएको छ।
अस्पताल स्रोतका अनुसार, सामान्य भीड नियन्त्रणका क्रममा साधारण बल प्रयोगभन्दा फरक ढङ्गले गोली चलाइएको देखिएको छ। यसले सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोपलाई अझ बल दिएको छ।
घटनापछि मानवअधिकारकर्मी र नागरिक समाजले तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्। त्यस्तै, प्रदर्शनकारीहरूले न्याय दिलाउन राज्यलाई दबाब दिने चेतावनी दिएका छन्।








