काठमाडौं जेन् जी पुस्ताले आयोजना गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि दर्जनौँ प्रदर्शनकारी र पत्रकार घाइते भएका छन्। ४९ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

ट्रमा सेन्टरका डाक्टरहरूले घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको तर केही गम्भीर अवस्थामा रहेको जानकारी दिएका छन्। घाइतेहरूको सूचीमा आन्दोलनमा सक्रिय युवा, केही पत्रकार र अन्य सर्वसाधारण समेत परेका छन्। अस्पतालले तत्काल उपचार उपलब्ध गराएको र आवश्यकता अनुसार विशेषज्ञ टोली खटाइएको जनाएको छ।
प्रदर्शनका क्रममा अश्रुग्याँस, लाठी प्रहार र भिडन्तका कारण धेरैजना घाइते भएका हुन्। घाइतेमध्ये केहीलाई टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने केहीलाई सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।
अस्पताल स्रोतका अनुसार हालसम्म ७ जनाको मृत्यु केहीको ज्यान जोखिमपूर्ण अवस्थामा भएको तर निरन्तर निगरानीमा राखिएको छ। आन्दोलनकारीका साथी–परिवार अस्पतालमा भीडभाड गर्दै स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरिरहेका छन्।
यसअघि माइतीघरदेखि संसद भवन अगाडि पुगेको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र बल प्रयोग गरेको थियो। त्यस क्रममा पत्रकार, आन्दोलनकारी र स्थानीय सर्वसाधारण समेत प्रभावित भएका थिए।
राजधानीमा अहिले पनि स्थिति पूर्ण शान्त भइसकेको छैन। तर ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको अवस्थाले आन्दोलनले कस्तो रूप लिँदैछ भन्नेबारे थप बहस र प्रश्न उब्जाएको छ।






