काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन्। पटकनायकको नियुक्ति जुन १८ बाट लागू भएको छ।
गत जुन ६ तारिखमा एलआईसी भारतले पटनायकलाई एलआईसी नेपालको सञ्चालकमा मनोनीत गरेको थियो। सोहीबमोजिम एलआईसी नेपालको जुन १८ मा बसेको बैठकले सञ्चालकमा पटनायकलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका सञ्चालक तवलेश पाण्डेयको कार्यकाल जेठ १७ गते सकिएको थियोृ । उनको ठाउँमा पटनायकलाई नियुक्त गरिएको एलआईसीले जनाएको छ ।













