काठमाडौं । नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले शुक्रबारदेखि नेपाल प्रहरीको कमान्ड सम्हालेका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् । दज्र्यानी चिन्ह लगाएपछि नवनियुक्त आइजी खापुलङ प्रहरी प्रधान कार्यालय नक्साल गएर कार्यभार सम्हालेका छन् ।

ADVERTISEMENT

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका खापुङ प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिपछि आगामी कात्तिक २६ गते अवकाशमा जाने छन् । उनी ५९ दिन मात्रै प्रहरी नेतृत्वमा छन् ।

ADVERTISEMENT

साढे पाँच महिनाअघि आइजी नियुक्त भएका दीपक थापा ३० वर्षे उमेरहदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा गएका थिए । आजैदेखि नेपाल प्रहरीमा चारजना एआइजीको पद रिक्त भएको छ ।