काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन्। बीमा क्षेत्रको लामो अनुभव, संस्थागत नेतृत्व र रणनीतिक व्यवस्थापनमा देखाएको योगदानका आधारमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो।

सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसाईलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित गरेका हुन्।

चार्टर्ड एकाउन्टेन्ट (CA) समेत रहेका प्रसाईले नेपाल बीमा प्राधिकरणमा कार्यरत रहँदै बीमा नियमन र व्यवस्थापनमा अनुभव बटुलेका थिए। त्यसपछि उनले नेपाल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरेका थिए। मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुँदै हाल प्रमुख कार्यकारी अधिकृत बनेका हुन्।

प्रमुख कार्यकारी अधिकृत प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा गर्विलो व्यवसाय बृद्धि गरी नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

इन्स्योरेन्सले छोटो समयमै बजारमा विश्वास हासिल गर्न सफल भएको छ। उनले डिजिटल सेवा, नवप्रवर्तन र आधुनिकिकरण गर्दै कम्पनीलाई दिगो विकासतर्फ अघि बढाएका छन्। यही योगदानका कारण उनलाई भिजनेरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड प्रदान गरिएको बताइएको छ ।