काठमाडौँ । पुराना अभिनेता एवं निर्देशक भुवन केसी नयाँ चलचित्र निर्माणमा जुटेका छन् । उनले छोरा अनमोल केसी र न्यु कमर प्रिन्सी खतिवडालाई लिएर ‘बाटुलो जुन’ निर्देशन गर्न लागेका छन् ।

चलचित्रको शनिबारबाट धादिङको काउलेमा छायाङ्कन सुरु भएको हो। अंगुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि निर्माण टिम धादिङको काउले पुगेको हो ।

ADVERTISEMENT

पहिलो चरणमा केही दिन मात्र चलचित्रको छायाङ्कन हुनेछ । बाँकी छायाङ्कन भने भदौमा गर्ने तयारी निर्माण पक्षको छ । चलचित्रको छायाङ्कन सुरु भएसँगै यसको निर्माण पक्षले अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स पनि सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । जिया केसीको लगानीमा बन्ने चलचित्रको बजे २५ लाख बताइएको छ । चलचित्रमाअरू को–को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । भुवनले दर्शकले अनमोललाई यसअघि नदेखेको अवतारमा फिल्ममा देख्न पाउने र यो विशेष हुने बताए ।