काठमाडौं । लुना लुइँटेलले मिस नेपाल वर्ल्ड २०२५ को उपाधि जितेकी छन् । हिडन ट्रेजरको आयोजनामा शनिबार गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सम्पन्न फिनालेमा लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन् ।
दिपशिखा नेपाल फस्ट रनर अप, उरूषा भण्डारी सेकेण्ड रनर अप र सोनी घले थर्ड रनर अप भएकी छिन् । लुनाले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । घलेले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स जानेछिन् । साथै, सेकेण्ड रनर अप भण्डारी जापान, मिस कजमो नेपाल भियतनाम जानेछिन् ।
२६ जना प्रतिस्पर्धीमध्ये पहिलो चरणबाट १२ र त्यसपछि चार प्रतियोगी गरेर अन्तिम चारबाट प्रतियोगिताको विजेता छानिएको हो । यसअघि पहिलो चरणको प्रतियोगिताबाट १२ जना प्रतियोगी छानिएका थिए । २६ जना प्रतियोगीमध्ये सेमिफाइनलको अर्को चरणमा १२ जनाको नाम घोषणा भएको थियो ।

यी हुन् सहविधामा पुरस्कार पाउनेहरू

ADVERTISEMENT

मिस हेल्दि स्किन, आरती थापा

ADVERTISEMENT

मिस कन्फिडेन्ट, प्रज्ञिका क्षेत्री

मिस ग्रिन भिजिनरी, जगदिश्वरी शाह

ADVERTISEMENT

मिस प्रिस्टिन, प्रियंका थापा

मिस टाइमलेस इलिजेन्स, उरुषा भण्डारी

मिस फेस अफ द इयर, स्मृति श्रेष्ठ

मिस इम्पावर्ड च्वाइस, दीपशिखा नेपाल

मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, लुना लुँइटेल

मिस ब्युटीफुल हेयर, सइच्छा थापा

मिस पपुलर च्वाइस, उरुषा भण्डारी

मिस फोटोजेनिक, स्मृति श्रेष्ठ

मिस फेस अफ फार्मेसी, स्मृति श्रेष्ठ

मिस ब्युटी विथ अ पर्पस, श्रृष्टि कुमारी तामाङ

मिस इन्टलेक्चुअल, श्रुति महर्जन

मिस वुमन विथ विंग्स, निलिमा पोखरेल