काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्र सेवाबारे मोबाइलबाटै जानकारी गराउने भएको छ । प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै मोबाइलबाट जानकारी लिन सकिने जानकारी दिएको हो ।

सूचनामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विगतमा अभियानको रुपमा ललितपुर जिल्लाका सबै स्थानीय तहको वडास्तरबाट समेत राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको जानकारी गराउँदै जिप्रकाबाट २०७६ देखि नै विवरण संकलन र प्राप्त कार्ड वितरण भइरहेको स्मरण गराएको छ ।

राष्ट्रिय परिचय पत्र सेवालाई सहज, प्रभावकारी र प्राप्त गुनासो समाधान गर्ने राष्ट्रिय परिचयपत्रसम्बन्धी सोधपुछ र जिज्ञासा (अनलाइन आवेदन भर्ने तरिका, बायोम्याट्रिकको लागि कार्यालयमा आउने समय परिचयपत्र कार्ड वितरण कार्ड तयार भए–नभएको) सम्बोधनका लागि राष्ट्रिय परिचयपत्र शाखामा कार्यरत विवरण दर्ता अपरेटर कार्यालयको मोबाइल नम्बर ९८५१४०८२२२ मा कार्यालय समय बिहान १० देखि साँझ ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।