काठमाडौं । कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै हिट र सुपरहिट चलचित्रलाई विशेष छा यांकनकलामार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका हुन्।

सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ। बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्नेछ। निर्माण कार्य भने कार्कीले आफैं गर्ने भएका छन्।

ADVERTISEMENT

कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा पोखरेली मसिनो शीर्षकमा यो फिल्म बनाउन लागेका हुन्। फिल्ममा शान्ति गिरीको लेखन तथा शैलेन्द्र–शान्तिको पटकथा रहनेछ।

ADVERTISEMENT

शुभमुहूर्त कार्यक्रममा निर्माता÷निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता थियो। सुटिङका लागि मंगलबार पोखरा पुगेर बुधबारदेखि नै छायाँकन थालिने फिल्म छायाँकनका लागि ३० दिनको कार्यतालिका तय गरिएको छ।

फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन्।

ADVERTISEMENT

आगामी वर्षको बडा दशैंलाई लक्षित गरी रिलिज गरिने यस चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ। फिल्म करिब तीन करोड रुपियाँको लगानीमा निर्माण हुने जनाइएको छ।