काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई व्यवस्थित बनाउन पाँचवटा उपसमितिका संयोजक तोकेको छ।

महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार संयोजकहरूको जिम्मेवारी तोकेका हुन्।

ADVERTISEMENT

शुक्रबार सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मनोनीत भएका छन्।

ADVERTISEMENT

त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत चयन भएका छन्।

यसैगरी, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।