नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारतीय सरकारले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो ।
राजकीय भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । उक्त अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।












