काठमाडौँ । कजारिया रमेश टायल्सले आफ्नो वार्षिक डिलर्स मिट २०२६ सम्पन्न गरेको छ। ‘RISE TO RULE’ थिममा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदार सहभागी भएका थिए।

कार्यक्रममा कम्पनीले आफ्ना व्यावसायिक साझेदारसँगको सम्बन्ध थप मजबुत बनाउने, सामूहिक उपलब्धिको उत्सव मनाउने तथा उत्कृष्ट योगदानको कदर गर्ने उद्देश्य राखेको थियो। सहकार्य, व्यावसायिक उत्कृष्टता र दिगो विकासलाई प्राथमिकतामा राख्दै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रममा कजारिया सेरामिक्सका उपाध्यक्ष तथा कजारिया रमेश टायल्सका अध्यक्ष चेतन कजारिया र कजारिया समूहअन्तर्गतको ग्रेसबन्डका प्रमुख कार्तिक कजारियाको विशेष उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले डिलर तथा व्यावसायिक साझेदारसँगको दीर्घकालीन सम्बन्ध र सहकार्यलाई थप प्राथमिकता दिएको कम्पनीको भनाइ छ।

ADVERTISEMENT

कार्यक्रमको मुख्य आकर्षणका रूपमा १७ विधामा उत्कृष्ट डिलर तथा व्यावसायिक साझेदारलाई सम्मान गरिएको थियो। उनीहरूको उत्कृष्ट कार्यसम्पादन, समर्पण र ब्रान्डको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिलर तथा व्यावसायिक साझेदारको सञ्जाल नै कजारिया रमेश टायल्सको बजार सफलताको प्रमुख आधार हो। बजारमा कम्पनीको उपस्थिति विस्तार गर्न, ग्राहकसम्म उत्पादन पुर्‍याउन र व्यावसायिक सम्बन्ध विकास गर्न डिलर नेटवर्कले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

डिलर्स मिटलाई कम्पनीले रणनीतिक योजना तथा आपसी समझदारी आदानप्रदान गर्ने मञ्चका रूपमा समेत लिएको छ। कार्यक्रममा विगतका उपलब्धिको समीक्षा, साझेदारहरूको योगदानको सम्मान र आगामी व्यावसायिक योजनाका लागि सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई महत्त्व दिइएको थियो।

कम्पनीले डिलर तथा साझेदारहरूको निरन्तर साथ र समर्पणले आफ्नो व्यावसायिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा अझ ठूला उपलब्धि हासिल गर्ने लक्ष्य राखेको जनाएको छ। ‘RISE TO RULE’ को साझा नारासहित कार्यक्रम आगामी दिनमा पनि सहकार्य र विस्तारलाई निरन्तरता दिने प्रतिबद्धताका साथ सम्पन्न भएको थियो।

कजारिया रमेश टायल्सबारे

कजारिया रमेश टायल्स लिमिटेडले नेपालको टायल उद्योगमा स्थापित कम्पनीका रूपमा आफ्नो पहिचान बनाएको छ। कम्पनीले देशकै सबैभन्दा ठूलो टायल उत्पादन केन्द्र स्थापना गरेको जनाएको छ। उक्त उत्पादन केन्द्रमा आधुनिक प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार टायल उत्पादन हुँदै आएको कम्पनीको दाबी छ।

कम्पनीले सन् २०२५ मा सुपर ब्रान्डको मान्यता प्राप्त गरेको थियो। त्यस्तै, एसियाकै सम्भावनायुक्त ब्रान्डका रूपमा पहिचान पाउनुका साथै विश्वको आठौँ ठूलो टायल उत्पादकको स्थान हासिल गरेको कम्पनीले जनाएको छ।

गुणस्तर तथा वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धताअन्तर्गत कम्पनीले ISO 9001:2015 र ISO 14001:2015 प्रमाणपत्र प्राप्त गरेको छ। साथै, कम्पनी इन्डियन ग्रिन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यसमेत रहेको छ।

कम्पनीले सन् २०२६ मा NS Quality Award समेत प्राप्त गरेको जनाएको छ। उत्पादनको गुणस्तर, प्रविधिको प्रयोग र व्यावसायिक विस्तारलाई प्राथमिकता दिँदै नेपाली टायल बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य कम्पनीले राखेको छ।